समाज

बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला

काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ। बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

दिदी बहिनी नहुनेका लागि भोलिका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकदिन मात्र खुल्ने गर्दछ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।  

२०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष यो मन्दिर बन्द गरिएको थियो। भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिएको हो।

प्रकाशित: २९ कार्तिक २०८० ००:४८ बुधबार

रानीपोखरी काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर