समाज

विदेशमा ज्यान गुमाउनेको सम्झनामा दिप प्रज्वलन

खोटाङ – वैदेशिक रोजगारको सिलसिलामा ज्यान गुमाएका कामदारको सम्झनामा दिप प्रज्वलन गरिएको छ । रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका अवस्थामा ज्यान गुमाएका तथा वैदेशिक रोजगारको कारणले मृत्यु भएका कामदारको सम्झनामा सोमबार राति सदरमुकाम दिक्तेलमा दिप प्रज्वलन गरिएको हो ।
अन्र्तराष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर सुरक्षित आप्रवासन परियोजना (सामी) तथा नवकिरण सेवा समाज र बालसेवा समाजको सहकार्यमा मृतक कामदारको सम्झनामा दिप प्रज्वलनको आयोजना गरेको थियो ।

प्रकाशित: ४ पुस २०७४ ०६:२१ मंगलबार

विदेशमा ज्यान गुमाउनेको सम्झनामा दिप प्रज्वलन