समाज

हुम्लाबाट उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा समस्या, चढेका यात्रुलाई ओरालियो

हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ। उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको जहाजमा समस्या आएका कारण सिमकोटबाट नेपालगञ्ज जाने यात्रु रोकिएका छन्।

सोमबार बिहान ८ बजे नेपालगञ्जबाट सिमकोट आएको जहाज नेपालगञ्जका लागि उड्ने तयारीमा रहेका बेला टेक्निकल समस्या आएकाले उडान रोकिएको नेपाल एयरलाइन्सको सिमकोट शाखाले जनाएको छ।

नेपालगन्जबाट प्राविधिक बोलाइसकिएको र मर्मतपछि उडान हुने नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख बलराम हमालले बताए। उनले भने, 'जहाज बनाए पछि मात्र उड्ने छ। जहाज नबनेमा गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने छ।'

यात्रुहरु समयमा उड्न नपाएपछि समस्यामा परेका छन्।

प्रकाशित: २७ कार्तिक २०८० ०६:०४ सोमबार

नेपाल एयरलाइन्स सिमकोट विमानस्थल