समाज

भक्तपुरमा गरियो म्हः पूजा र देउसीभैलो

भक्तपुरमा आज शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ। जिल्लास्थित  व्यासीमा  रहेको एक बिद्यालयका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए।

विद्यार्थीको आयोजनामा म्हःपूजा गरिएको थियो।  विद्यार्थीहरुले लहरै बसेर पूजा गरेका थिए। बालबालिकाहरुलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमला राजभण्डारीलगायत शिक्षकशिक्षिकाहरुले सहयोग गरेका थिए। पूजाका अवसरमा विद्यार्थीले परम्परा अनुसार नै मण्डला बनाउने, मण्डलामा फलफूल राख्ने, टिकाउ लगाउनेलगायतका कार्यहरु गरेका थिए।

विद्यार्थीलाई म्हः पूजाकोबारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरेको स्कुलका संस्थापक प्रिन्सिपल राजभण्डारीले बताए।उनले म्हः पूजा मात्रै नगरी नेपालमा मनाइने ठूल्ठूला चाँड विद्यार्थीलाई आफै गर्न लगाइ सिकाउने जनाए।

उता सोही स्कुलका कक्षा ४ का विद्यार्थीले देउसीभैलोको आयोजना गरेका थिए। कार्यक्रममा स्कुलका सवै विद्यार्थी सहभागी थिए। म्हःपूजा भनेको प्रत्येक वर्ष तिहारको चौथौ दिन गोवद्र्धन पूजाको दिन नेवार समुदायले गर्ने विशेष पूजा हो।

प्रकाशित: २४ कार्तिक २०८० १२:२७ शुक्रबार

भक्तपुरमा गरियो म्हः पूजा र देउसीभैलो