समाज

तनहुँको घाँसीकुवामा माइक्रो र बस ठोक्कियो,  १५ घाइते

दमौली –  तनहुँको ब्यास नगरपालिका– १२ स्थित घाँसीकुवामा आज माइक्रो बस र बस ठोक्किँदा १५ जना घाइते भएका छन्। 

पोखराबाट काठमाडौँ जाँदै गरेको ग १ ख ६०६२ नं. को माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ८७५९ नं को बस एक आपसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन्। घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

माइक्रो बसले उछिन्ने क्रममा अगाडिबाट आएको बससँग ठोक्किँदा दुर्घटना भएको हो। दुबै बसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २९ मंसिर २०७४ ०९:०४ शुक्रबार

तनहुँको घाँसीकुवामा माइक्रो बस ठोक्कियो  १५ घाइते