समाज

नियन्त्रणमा लिइयो कौशलटारमा देखिएको चितुवा

भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा निस्किएको चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्। उक्त चितुवालाई काठमाडौ वन डिभिजन कार्यालयले नियन्त्रणमा लिएको छ।  

भक्तपुरका एसपी बेद बिष्टका अनुसार कौशलटारस्थित एउटा घरको पर्खालको कुनामा लुकेर बसेको अवस्थामा चितुवा देखिएको हो। चितुवा वश्यक छ ।  

चितुवा देखिने बित्तिकै डिभिजन वन कार्यालय भक्तपुरले काठमाडौलाई खबर गरेकाे थियो । वन अधिकृत पराजुली नेतृत्वको टोली चितुवा नियन्त्रण लिन खटाइएको थियो। चितुवा नियन्त्रणमा लिने क्रममा दुई जना घाइते भएका थिए।

प्रकाशित: २४ कार्तिक २०८० ०५:५९ शुक्रबार

भक्तपुर मध्यपुरठिमी– ३ कौशलटार चितुवाको आक्रमण