समाज

सोलुखुम्बुमा प्रभावकारी बन्दै स्वास्थ्य बीमा

सल्लेरी– सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ। गत असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुरुवात भएपछि हालसम्म ८९९ जनाले स्वास्थ्य बीमा गरेका छन्। 

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु काठमाडौँले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा ८९९ जना नागरिकले स्वास्थ्य बीमा गराई निर्धारित सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिनसक्ने भएका हुन्। 

जिल्ला अस्पताल फाप्लु, प्राथमिक स्वास्थ्य केन्द्र सोताङ र सल्यान, ओखलढुंगा सामुदायिक अस्पताल ओखलढुंगा, जिरी अस्पताल दोलखासँग सम्झौता गरिएको हुँदा पायक पर्ने स्वास्थ्य संस्थामा गएर निर्धारित स्वास्थ्य सेवा लिनसक्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकू काठमाडौँले जनाएको छ। 

जिल्लाको सम्पूर्ण वडामा एकजना दर्ता स्वयंसेवक नियुक्त गरी काम भइरहेको छ। प्रति वडा एकजना दर्ता स्वयंसेवक नियुक्त गर्ने प्रावधान भए पनि पहिलोचरणमा खुम्बुपासाङ ल्हामु गाउँपालिकासहित दर्ता स्वयंसवेक छनोट नभएको क्षेत्रका लागि १४ जना स्वयंसेवक छनोट गरिसकिएको दर्ता अधिकारी बस्नेतले जानकारी दिए। चाँडै तालीम सञ्चालन गरी उक्त क्षेत्रमा पनि दर्ता प्रक्रिया सञ्चालन हुने उनले बताए। 

प्रकाशित: २९ मंसिर २०७४ ०६:५५ शुक्रबार

सोलुखुम्बुमा प्रभावकारी बन्दै स्वास्थ्य बीमा