समाज

पोर्चुगलमा नेपाली दूतावास स्थापना, राजदूतमा सनिल नेपाल सिफारिस

सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्दै सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ।

सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेके सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

हाल नेपालका विभिन्न देशमा ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोगहरू सञ्चालन गरिरहेको छ।

प्रकाशित: २३ कार्तिक २०८० ०८:२५ बिहीबार

पोर्चुगलमा नेपाली दूतावास स्थापना