समाज

दुर्घटनामा घाइते विद्यार्थी नेता पुनको स्वास्थमा सुधार

जनरल वार्डमा पुन ।

काठमाडौ-  अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनको स्वावस्थमा सुधार आएको छ।  चुनावी विजय सभामा सहभागी हुन रोल्पाबाट दाङ जाँदै गरेका पुन आइतबार दिउँसो दुर्घटनामा परेका थिए।  टाउकोमा गम्भिर चोट लागेका उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। उनको ग्रान्डी अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो। स्वास्थयमा सुधार आएपछि ७२ घण्टा पछि उनलाई आइसीयूबाट जनरल वार्डमा सारिएको छ।  

उनलाई केहि दिन अस्पतालमै राखिने जनाइएको छ। टाउकोमा चोट भएकाले भेटघाट कम गर्नुका साथै धेरै बोल्न नमिल्ने चिकित्सकको भनाई रहेको छ।

 रोल्पाको निजिङ र सुलीचौरकोबीचमा रहेको जंगलमा पुन  चढेको कार ब्रेक फेल भई दुर्घटनामा परेको थियो। टाउकोमा चोट लागेका उनलाई तत्कालै सुलीचौर स्वास्थ्य चौकिमा लगिएको थियो । स्वास्थ्य चौकीले अन्य ठाउँमा लैजान रिफर गरेपछि तत्कालै भालुवाङमा ल्याई हेलिकोप्टरमार्फत काठमाडौ ल्याइएको थियो।

प्रकाशित: २७ मंसिर २०७४ ०९:३७ बुधबार

दुर्घटनामा घाइते विद्यार्थी नेता पुनको स्वास्थमा सुधार