समाज

जाजरकोटमा बिहान ११ः३० सम्म ४४४ परकम्प गए

जाजरकोटमा आज बिहान ११ः ३० बजेसम्म ४४४ परकम्प गएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रवार गएको ६.४ रेक्टर स्केलको भूकम्प पछि निरन्तर त्यस क्षेत्रमा परकम्पहरु गइरहेका छन्।  

केन्द्रका अनुसार सोमवार दिउँसो ४ बजेसम्म ३९७ परकम्प गएको हो।

सोमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको सबैभन्दा ठूलो परकम्प गएको थियो। जसमा २५ जना घाइते भएका छन्।

प्रकाशित: २१ कार्तिक २०८० ०६:५९ मंगलबार

जाजरकोट भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ४४४ परकम्प रामीडाँडा केन्द्रविन्दु