समाज

एक लाख ६५ हजार रुपैयाँको पट्का बरामद गरी नष्ट

सशस्त्र प्रहरीले बरामद गरेको पट्का नष्ट गदै। तस्बिर: नागरिक

सशस्त्र प्रहरी बल सुनसरी ४ नं. गणले एक लाख ६५ हजार रुपैयाँ बराबरको पट्का बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरीले सुनसरीको सीमावर्ती क्षेत्रमा चार दिनदेखि निरन्तर उच्च निगरानी गरेपछि भारतबाट ल्याइएको पट्का बरामद गरी नष्ट गरेको जानकारी दिएको छ।

जसमा सुरक्षागुल्म हरिपुरले ५० हजार, विओपी लौकहीले एक लाख र बिओपी श्रीपुरबाट खटिएको टोलीले १५ हजार रुपैयाँ बराबरको पट्का बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरी वल सुनसरीका प्रवक्ता डिएसपी सुधिर खतिवडाले बताए।

चाडपर्वको समयमा अवाञ्छित गतिविधि गर्ने व्यक्ति तथा समूहले सीमा इलाकाबाट चोरी तस्करी लगायत आपराधिक घटना घटाउन सक्ने खतरा भएपछि सशस्त्र प्रहरीले सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गर्दै आएको छ। 

प्रकाशित: २० कार्तिक २०८० १३:३८ सोमबार

सशस्त्र प्रहरी पट्का बरामद