समाज

पछिल्लो परकम्पले जाजरकोटमा चर्किएका घरहरू भत्किए

फाइल तस्बिर

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर सोमबार दिउँसो गएको ५.८ म्याग्निच्युडको परकम्पले अघिल्लो भूकम्पले चर्काएको घरहरू भत्किएका छन्।

सोमबार दिउँसो गएको ५.८ म्याग्निच्युडको परकम्पले अघिल्लो भूकम्पले चर्काएका घरहरू भत्काएको बारेकोड गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीले जानकारी दिए।

उनले भने, 'अघिल्लो भूकम्पले घरहरू भत्किएका छन्। अहिलेसम्म मानवीय क्षति भएको छैन्।'

परकम्प दिउँसै गएको र मान्छेहरु बाहिर नै बसेकाले मानवीय क्षति नभएको उनले नागरिक न्यूजलाई जानकारी दिए।

सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको थियो। त्यसपछि ४ बजेर ४१  मिनेटमा ४.५  म्याग्निच्युडको अर्को परकम्प गएको थियो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ बजेसम्म जाजरकोटमा ३९७ वटा परकम्प गएको छ।

प्रकाशित: २० कार्तिक २०८० १२:०७ सोमबार

परकम्प