समाज

जाजरकोटमा सोमबार बिहानसम्म ३८२ परकम्प

जाजरकोटको रामीडाँडामा सोमबार बिहान १० बजेसम्म ३ सय ८२ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रले  यसअघि बिहान ८ः५८ मा ३.४ म्याग्निच्यूडको परकम्प गएको जानकारी दिएको थियो। रामीडाँडामा शुक्रवार राति गएको भूकम्प पछि ३ सय ८२ वटा परकम्प गएको हो।

जाजरकोटको रामीडाँडामा केन्द्र विन्दु भएर गएको शुक्रवार रातिको भूकम्पमा परेर जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

शुक्रवार राती शुक्रवार राति ११ः ४७, १२: ०८, १२: २९, १२: ३५ बजे गरी ४ पटक क्रमशस् ६.४, ४.५, ४.२, ४.३  म्याग्निच्युडको भूकम्प गएको थियो।

जाजरकोटमा घाइते हुनेहरूको सङ्ख्या १३१ र रुकुम पश्चिममा १८९ जना छ। उनीहरूको नेपालगन्ज, सूर्खेत र स्थानीय तहमा उपचार भइरहेको छ। जाजरकोटमा सोमबारबाट राहत वितरणको काम पनि सुरु भएको छ।

प्रकाशित: २० कार्तिक २०८० ०८:२० सोमबार

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र परकम्प