समाज

जाजरकोटको रामीडाँडामा ३.८ म्याग्निच्युडको परकम्प

राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आज दिउँसो १२ः३१ बजे जाजरकोट रामीडाँडामा ३.८ म्याग्निच्युडको परकम्प गएको जानकारी दिएको छ।

केन्द्रका अनुसार साना ठूला गरेर आज बिहान १०ः३५ बजेसम्म ३ सय ११ वटा परकम्प गएको जनाएको थियो।

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि लगातार ३ वटा परकम्पका ठुला झडकाहरु गएका थिए। केन्द्र«का अनुसार शुक्रवार राति ११ः ४७, १२ः ०८, १२ः २९,१२ः ३५ गरी ४ पटक क्रमशः ६.४, ४.५, ४.२, ४. ३  म्याग्निच्युडको भूकम्प र परकम्प गएको थियो। पहिलो भूकम्पपछि जाजरकोटमा परकम्प जाने क्रम जारी छ।

भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र पश्चिम रुकुममा ५२ जनाएको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्य आइतबारसम्म पनि जारी छ।

प्रकाशित: १९ कार्तिक २०८० ०७:३३ आइतबार

राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्र जाजरकोट रामीडाँडा भूकम्प