समाज

जाजरकोटमा बन्न थाल्यो अस्थायी आवास

जाजरकोट खंलगास्थित थाप्लेमा रहेको त्रिभुवन माध्यमिक विद्यायमा बनाइएको अस्थायी आवास। तस्विर: नागरिक

भूकम्पले थला परेको जाजरकोटमा धमाधम अस्थायी आवास बन्न थालेका छन्। सुरक्षाकर्मीको सहयोगमा जाजरकोट खंलगामा अस्थायी आवास बनाउन थालिएको हो।

विभिन्न निकायको सहयोगमा आएको टेन्टहरु सुरक्षाकर्मीहरुले अस्थायी आवासका लागि निर्माण गर्न लागेका हुन्। अहिले जाजरकोट खंलगा थाप्लेस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वटा अस्थायी आवास बनाइएको छ। १ वटा आवासमा १६ जना सुत्न मिल्नेछ।

सुरक्षाकर्मीले रुकुम पश्चिम र जाजरकोटका विभिन्न पालिकाहरुमा अस्थायी आवासहरु निर्माण गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख ९डिआइजी० भिम प्रसाद ढकालले बताए। भूकप्पका कारण यस क्षेत्रका अधिकाँध घरहरु पूर्ण रुपमा भत्किएका छन्। जाजरकोट र रुकुम पश्चिममा कति घरहरु भत्केको भन्ने पूर्ण विवरण एकिन हुन बाँकी छ।

प्रकाशित: १९ कार्तिक २०८० ०७:०५ आइतबार

जाजरकोट भूकम्प