समाज

भूकम्पपीडितलाई ठूलीभेरी नगरको सहयोग

जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई डोल्पाको ठूलीभेरी नगरपालिकाले नगद पाँच लाखसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ।

नगरप्रमुख श्रवणकुमार बुढाले भूकम्प पीडितलाई नगद रु पाँच लाख र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाएको जानकारी दिए।

उनी स्थलगत उद्धारमा समेत सहभागी भएका छन्। विपद् परेको बेला हरेक स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो तर्फबाट सकेसम्मको हातेमालो गरेर पीडित नागरिकलाई सान्त्वना दिन आवश्यक रहेको नगरप्रमुख बुढाले बताए। रासस

प्रकाशित: १९ कार्तिक २०८० ०४:२५ आइतबार

जाजरकोट रुकुम पश्चिम भूकम्प पीडित डोल्पाको ठूलीभेरी नगरपालिका