समाज

भूकम्प प्रभावितलाई कोशी सरकारले एक करोड रुपैयाँ राहत दिने

कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र  पुर्नस्थापना  लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको छ।  

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले  कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।  

पीडितको राहत, उद्धार र पुर्नस्थापनाका लागि  सम्बन्धित प्रदेशको विपद् व्यवस्थापन कोषमा  एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रबक्ता  मन्त्री शमशेर राईले जानकारी दिए।नगदसंगै एक ट्रक राहत सामाग्री पनि पठाउने निर्णय गरेको मन्त्री राईले बताए । राईका अनुसार राहत सामाग्री आजै पठाउने र नगद आइतबार पठाइने छ।  

प्रकाशित: १८ कार्तिक २०८० ०९:१७ शनिबार

भुकम्प प्रभावितलाई कोशी सरकारले एक करोड रुपैयाँ राहत दिने