समाज

भूकम्पबाट घाइते एक गर्भवतीसहित २५ जनाको भेरीमा उपचार हुँदै (नामावलीसहित)

फाइल तस्बिर

भेरी अस्पताल नेपालगन्जमा भूकम्पबाट घाइते भएका २६ जनाको उपचार भइरहेको छ। घाइते भएका जाजरकोटका ३३ वर्षीय टेकबहादुर पुनको भने उपचारका क्रममा मृत्यु भएको छ।

उपचार गराइरहनेमा जाजरकोट भरी नगरपालिका- ३ का बिमल कु कार्की, जाजरकोट-३ नौबस्ता बाकेको ईशा शाह, रुकुम सानोभेरी -१ को यमुना रावल, जाजरकोट भेरी नगरपालिका- ८ का टेक ब शाही, रुकुम सानोभेरी- १ का धन सिंह रावल, जाजरकोट भेरी नगरपालिका-१ का सुप्रभा विक, जाजरकोटबाट ल्याइएका सल्यान कुपिन्डे-४ का मोहन विष्ट रहेका छन्।

जाजरकोट भेरी नगरपालिका-१ का भुपेन्द्र परियार, सोही ठाउँका टिकाराम राना, अनामिका शाही, पुष्कर परियार भेरी अस्पतालमा उपचाररत छन्। त्यस्तै  रुकुम सानोभेरी-४ का  प्रेम चन्द्र वली, सोहि ठाउँका गोबिन्द बुढाथोकी, नबिता खड्का, लविस चन्द, गौती विक रहेका छन्।  

त्यसैगरी रुकुम सानोभेरी-२ का सुशान्त पुन मगर, जाजरकोट भेरी नगरपालिका-१ का कुन्जल पुन, जाजरकोट भेरी नगरपालिका-३ का गीता शाह, जाजरकोट नालगड-२ का सितादेवी जैसी, जाजरकोट नालगड-५ का शर्मिला शाहि, जाजरकोट भेरी नगरपालिका-१ का हिरा कुमाइ, जाजरकोट नालगड-५ का दिनेश वली, जाजरकोट नालगड-६ की गर्भवती जमुना बुढा, जाजरकोट नालगड-१ का डेविड महर र एक जना नाम नखुलेकाहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ।  

प्रकाशित: १८ कार्तिक २०८० ०८:०९ शनिबार

नेपालगन्जस्थित भेरी अस्पताल