समाज

भूकम्पबाट घाइते एकको उपचारको क्रममा मृत्यु

फाइल तस्बिर

भूकम्पबाट घाइते भएका एकको उपचारको क्रकका मृत्यु भएको छ।

भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार भूकम्पबाट घाइते ३३ वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो। उनी जाजरकोट निवासी रहेको बताइएको छ।

अहिलेसम्म २६ जनाको अस्पतालमा उपचार भइरहेको उनले बताए।

प्रकाशित: १८ कार्तिक २०८० ०७:१७ शनिबार

बाँकेको भेरी अस्पताल भूकम्पबाट घाइते मृत्यु