समाज

जाजरकोट भूकम्प: जुम्लामा पाँच जना सामान्य घाइते ,दर्जनौं घर चर्किए

जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन् ।स्थानीय प्रशासनको प्रारम्भिक जानकारी अनुसार जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामिडाडालाई केन्द्र बिन्दु बनाएर भुकम्प जाँदा जुम्ला जिल्ला तातोपानी गाउँपालिका ३ बाहुनवाडा निवासी २६ कि सृर्जना गौतमको हातमा सामान्य चोट र निजको छोरा बर्ष ११ महिनाको आयुष गौतमको आँखामा  चोट लागेको छ ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार तातोपानी गाउँपालिका ३ निवासी बर्ष १४ को निराजन उपाध्यायको हातमा चोट लागेको, तिला गाउँपालिका ३ दानीवाडा निवासी बर्ष ११ कि सपना थापा सामान्य चोट लागेको, तातोपानी गा पा ४ हरि बहादुर खत्रीको सुतेको बेला घरको पर्खाल खस्दा निज भाग्न खोज्दा खुट्टामा चोट लागेको बताए।

स्थानीय प्रशासनका अनुसार तिला गा पा वडा न ३, ५ र ९ रहेका केही घरहरु तथा बिद्यालयहरु चर्केको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ निवासी बर्ष ४६ को बिष्णु महतको तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको छ । घाइतेहरुको उपचार सामान्य भएको हुदा घरमै प्रथामिक उपचार गरिएको र १३ महिनाको आयुस गौतमकोे स्वास्थ्य चौकीमा उपचार भैरहेका बताए। 

यसैगरी जिल्लाका गाउँ गाउँबाट भुकम्पले घरहरु चर्किएका खबरहरु आएका छन्। जिल्लाका हिमा गाउँपालिका ( १ बड्की गाउँमा धिरबहादुर शाही, पदमबहादुर शाही, राजबहादुर शाहीको घर चर्किएको स्थानीय रुगुविना शाहीले बताइन्।जुम्ला जिल्लाको अवस्था मानवीय क्षेति तथा कुनै ठूलो भौतिक क्षेति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए।

उनले भने  एकिन तथ्यांकका लागि प्रहरी परिचालित गरिएको छ। गएराति ११ वजेर ४७ मा जाजरकोट केन्द्रविन्दु बनाएको ६दशमलब४ म्याग्निच्यूटको भुकम्पले जुम्लामा पनि धेरै हल्लाएपछि रातभर केही मानिसहरु सड्कमा आगो वालेर जागराम पनि गरेका थिए ।

प्रकाशित: १८ कार्तिक २०८० ०५:४० शनिबार

भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते दर्जनौं घर चर्किए