समाज

रुकुमको सल्लेबाट नेपालगन्ज ल्याइयो शिशु सहित ११ घाइते

रुकुमको सल्लेबाट भूकम्पका थप ११ जना घाइतेलाई नेपालगन्ज ल्याइएको छ। नवजात शिशु सहित ११ जना घाइतेलाई नेपाल एयरलाइन्सको जहाजमार्फत केहीबेर अघि नेपालगन्ज ल्याइएको हो।

उक्त जहाजले घाइते ११ जना र उनीहरूका ७ जना कुरुवा बोकेर नेपालगन्ज ल्याएको हो। घाइतेलाई नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न संस्थाको एम्बुलेन्समार्फत नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज पुर्याइएको छ।

उक्त जहाज घाइतेको उद्वार गर्न काठमाडौबाट रुकुम सल्ले हुँदै नेपालगन्ज आइपुगेको हो। जहाजलाई पाइलट पेम्बा शेर्पा र को-पाइलट सुजन पुरीले उडाएर ल्याएका हुन्। जाजरकोट र रुकुम पश्चिमका अन्य थप घाइतेहरुलाई पनि नेपालगन्ज ल्याइने बताइएको छ।

प्रकाशित: १८ कार्तिक २०८० ०५:२९ शनिबार

नेपाल एयरलाइन्स जाजरकोट भूकम्प