समाज

खुम्बुमा लेक लागेर भरियाको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक भरियाको ज्यान गएको छ । इनटेक कम्पनी काठमाडौँबाट सगरमाथा बेसक्याम्प जाने क्रममा दुधकौशीका ७ देउसाका २० वर्षीय पुर्णबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

मंगलबार साँझ लेक लागेपछि उपचारका लागि खुम्बु–पासाङल्हामू गाउँपालिकाको नाम्चे स्थित इलाका स्वास्थ्य चौकीमा लगिएको थियो। 

उनको उपचारको क्रममा आज बिहान करिब २ बजे मृत्यु भएको प्रहरीको भनाई छ । मृतक राईको शव आफन्तको जिम्मा लगाइएको छ।

प्रकाशित: २० मंसिर २०७४ ११:५३ बुधबार

खुम्बुमा लेक लागेर भरियाको मृत्यु