समाज

भूकम्पका घाइतेलाई उपचार गर्न भेरी अस्पतालमा तयारी

जाजरकोटलाई केन्द्रविन्दू बनाएर आएको भूकम्पमा परी घाइते भएकाको उपचार ब्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ।  

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा। पवनजंग रायमाझी, चिकित्सक, स्वास्थ्यकर्मी, नर्स सहितको टोलीले बिहान जाजरकोट र रुकुम पश्चिमबाट उपचारका लागि आउने बिरामीको ब्यबस्थापनको तयारी गरेको हो।

समितिका अध्यक्ष शाहले अस्पतालको नयाँ भवनको भुँईतलामा भुकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकता अनुसार बेड तयारी अवस्थामा राखिएको बताए।

प्रकाशित: १८ कार्तिक २०८० ०२:१७ शनिबार

भुकम्पका घाइतेलाई उपचार गर्न भेरी अस्पतालमा तयारी