समाज

मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको ‘लाइसेन्स’ निलम्बन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुई विमान चालकको ‘लाइसेन्स’ निलम्बन गरेको छ। आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलट वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठकाे विमानस्थलमै कुटाकुट भएपछि उनीहरूको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले बताए।

“राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ। विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियम बमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ”, उनले भने।

एउटै कम्पनीका दुई पाइलटकाे के कति कारणले कुटाकुट भएको त्यो भने खुल्न नसकेको क्यानले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८० ०७:११ शुक्रबार

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) दुई पाइलटको ‘लाइसेन्स’ निलम्बन