समाज

कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो

बारा- जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा व्यावसायिक गाईपालन गर्दै आएका दीपक सुवेदी र उनकी श्रीमती दीपा सुवेदीको वीभत्स हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो 'सिआइबी'ले अनुसन्धान थालेको छ । 

घटनाबारे सत्यतथ्य पत्ता लगाउन काठमाडौँबाट सिआइबीको टोली बारा आएको बारा प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । 

घरबाट करिब डेढ किलोमिटर टाढा रहेको गाईफार्म सञ्चालन गर्दै आएका सुवेदी दम्पतीको शव आज बिहान फेला परेको हो । छत्तीस वर्षीय दीपकको शव घरबाट करिब ४० मिटर टाढा तथा ३२ वर्षीया दीपिकाको शव घरभित्र फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लुटेरा समूहले लुटपाटपछि सुवेदी दम्पतीको हत्या गरेको अनुमान गरिएको छ । शव क्षतविक्षत अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताए । 

प्रकाशित: १६ मंसिर २०७४ १०:०८ शनिबार

कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो