समाज

महासचिव गुटेरेस आज १०ः १५ को फ्लाइटमा न्युयोर्क फर्किँदै

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन्। नेपालको चारदिने औपचारिक भ्रमण सकाएर उनी आज कतार एयरवेजको उडानमार्फत न्युयोर्क फर्किने छन्।

महासचिव गुटेरेस बिहान १०ः १५ को फ्लाइटमा जाने तय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

आइतवार राति काठमाडौं आइपुगेका गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

नेपाल बसाइका क्रममा उनले अन्नपुर्ण आधार शिविर, पोखरा र लुम्बिनीको भ्रमण गरेका थिए।

उनी नेपाल आउनुको प्रमुख एजेन्डा जलवायु परिवर्तन र शान्ति प्रक्रियाको विषय थियो।  

मङ्गलवार संसदमा सम्बोधन गर्ने क्रममा पनि उनले जलवायु परिवर्तन र शान्ति प्रक्रियाको विषयमा जोड दिएका थिए।

उनको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएका थिए।

प्रकाशित: १५ कार्तिक २०८० ०२:५९ बुधबार

संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेस नेपाल चारदिने भ्रमण