समाज

आज देशभर मौसम आंशिक बदली रहने

आज देशभर मौसममा आंशिक बदली रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाले आज दिउँसो देशभर आंशिक बदली रहने तथा देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

आज राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

महाशाखाले देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८० ०२:२४ मंगलबार

मौसम आंशिक बदली जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा