समाज

तुलसीपुरमा बम विष्फोट ८ घाईते

दाङ-  तुलसीपुरमा बम बिष्फोट हुँदा ८ जना घाईते भएका छन्। प्रधानमन्त्री शेरवहादुर देउवा सहभागी कांग्रेसको चुनावी आमसभालाई लक्षित गर्दै बम बिष्फोट गराईएको थियो। मोटरसाईकलमा आएका दुईजनाको समूहले फालेको बम विष्फोट हुँदा एक म्यादी प्रहरी सहित ८ जना घाईते भएका हुन्।

तुलसीपुरको तुलसी बोर्डिङ नजिकै बम बिष्फोट भएको हो । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको र उनिहरुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । म्यादी प्रहरी बाहेक अन्य घाईतेहरु सबै स्थानीयबासी रहेको प्रहरीले जनाएको छ । प्रहरीले बम विष्फोट गराउने ब्यक्तिको खोजी गरिरहेको जनाएको छ।  

प्रकाशित: १२ मंसिर २०७४ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App