समाज

प्राचीन कटुस बन्याे वर्षवृक्ष

यस्ताे पनि!

४८० वर्ष पुरानो यो कटुसको रुखले के मात्र खेपेन? अनेकन् हावा, हुरी, हुण्डरी, र आँधी खेप्यो। आगलागी झेल्यो, पिकनिक मनाउनेहरूलाई छायाँ र शितलता दियो। यतिबेला यसले वर्षवृक्षको पुरस्कारसमेत जितेको छ।

बेलायतको रेक्सहाममा रहेको यो पुरानो रुखलाई वुडल्यान्ड ट्रस्टले वर्ष वृक्षको उपाधि दिएको हो। ट्रस्टले विभिन्न संस्था, बगैंचा तथा नर्सरीलाई  यस्तो प्रतियोगितामा सहभागिताका लागि उत्प्रेरित  गर्छ। नामांकित वृक्षहरूमध्ये सर्वोत्कृष्टलाई वर्षभरिको राजा वृक्षका रूपमा मान्यता दिन्छ।

यस्तो प्रतियाेगितामा भाग लिएक रूखहरू मनोहर हुनुपर्ने र ती काटिने वा नासिने  सम्भावना उच्च भएको हुनुपर्छ। दुर्लभ कोटिका वृक्ष भए त झन्  पुरस्कार जित्ने सम्भावना हुन्छ।

यसअघि साइकामोर ग्यापस्थित हेड्रियन पर्खालको वृक्षले सन् २०१६ को वर्षवृक्षको उपाधि जितेको थियो। त्यसलाई कुनै बदमासले  काटेर छोडिदिएको थियो। सन् २०१५ मा वार्विकसायरको कबिङ्टनस पियर वर्षवृक्ष बन्न सफल भएको थियो। त्यसलाई रेलसेवा  विस्ताररका क्रममा ढाल्नुपरेको थियो।

यसपाला वर्षवृक्ष भएको रुख भने राजा हेनरी आठौका पालादेखि  ठडिएको विश्वास गरिन्छ। यो वृक्ष २४ मिटर अग्लो छ। यो रुख भएको स्थल वरपर बेलायती ट्युडर राजप्रसादका सदस्यहरू वनभोजका लागि आउँथे। सोही बेलादेखि यो वृक्ष सगर्व उभिएको विज्ञहरू बताउँछन्।

प्रकाशित: १३ कार्तिक २०८० ०२:४७ सोमबार