समाज

इजरायलमा मारिएकामध्ये थप ३ विद्यार्थीको शव पहिचान

फाइल तस्बिर

इजरायल आक्रमणका क्रममा मारिएकामध्ये थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको छ।

इजरायलस्थित नेपाली दूतावासले थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी दिएको हो।

दूतावासका अनुसार मृतक पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको छ।

इजरायलमा ज्यान गुमाएका १० जनामध्ये अहिलेसम्म ८ जनाको शव पहिचान भएको दूतावासले जनाएको छ। बाँकी विद्यार्थीको शव पहिचानको क्रममा रहेको छ।

त्यस्तै सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी कार्य जारी राखिएको दूतावासले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८० १४:१२ आइतबार

इजरायल आक्रमण तीन नेपाली विद्यार्थीको शवको पहिचान