ढुंगाले हानेर छोराले गरे बुबाको हत्या
कैलालीको जानकी गाउँपालिका ३ लायकपुरका २४ वर्षका गणेश चौधरीले आफ्नै बुवा ४५ वर्षका हिरासिंह चौधरीको ढुंगा हानि हत्या गरेका छन्। मदिरा सेवन गरेका बुवासँग छोराको विवाद हुँदा उक्त घटना घटेको प्रहरीले पुष्टि गरेको हो।
ठेकेदार सांसदले अलपत्र पारे सडक
पश्चिम सुर्खेतको बड्डीचौरदेखि खम्मागाढेसम्मको १२.६ किलोमिटर सडक निर्माण नगरेको भन्दै स्थानीयले प्रतिनिधिसभा सदस्य दिक्पालकुमार शाहीको फोटो टाँसेर विरोध प्रदर्शन गरेका छन्। गत असार १५ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सडको भौतिक प्रगति हालसम्म जम्मा १३ प्रतिशतमा अलपत्र छोडेको भन्दै विरोध गर्नुपरेको स्थानीयको भनाइ छ।
करणी आरोपमा एक जना पक्राउ
जबरजस्ती करणी अरोपमा राप्तीसोनारी–५ का ३९ वर्षीय जन्जीर थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बर्दिया घर भइ हाल नेपालगन्जमा कोठा भाडामा लिइ बस्ने ४५ वर्षिया एक महिलालाई जबरजस्ती करणी गरेको आरोप पक्राउ गरिएको बाँके प्रहरीले बताएको छ।
फिर्के खोलाको अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना
पोखरा बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको मापदण्डमा पर्ने अतिक्रमण गरेर बनाइएका संरचना हटाउन पोखरा महानगरले ३५ दिने सूचना जारी गरेको छ। एक महिना अघि नापजाँच गरेर तयार गरेको प्रतिवेदन अनुसार फिर्केखोलामा मापदण्ड मिचेर १ सय ६० वटा संरचना निर्माण भएको नगरप्रमुख धनराज आचार्यको भनाइ छ।
ड्रोनले खोजेर गाँजा फाँड्दै मकवानपुर प्रहरी
अफिम लगायतको लागूऔषधको उर्वर क्षेत्र मकवानपुरका विकट क्षेत्र राक्सिराङ, कैलाश लगायतका स्थानमा प्रहरीले ड्रोनको प्रयोगले गाँजा र अफिम नष्ट गर्दै छ। प्रत्येक वर्ष लागूऔषध फंडानी अभियान सन्चालन भएपनि स्थानीयले खेती गर्न नछोड्दा ड्रोनसहितको टोली खटाएको प्रहरीको भनाइ छ।
गीत सुनिरहेको मोबाइल माग्दा साथीको हत्या !
मोबाइलको विषयमा विवाद हुँदा जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाराका २२ वर्षीय रुपेश महराको हत्या भएको छ। हत्या आरोपमा प्रहरीद्वारा सोही ठाउँका पवन सहनी र हरिचरण मण्डल प्रक्राउ परेका छन्। मोबाइलको विषयमा विवाद चर्किएपछि हरिचणले बाँसको भाटाले रुपेशको टाउकोमा प्रहार गरेको प्रहरीको भनाइ छ।
असोजमा पनि उठेन लक्ष्य अनुसारको राजस्व
लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले असोज महिनामा ६०।१४ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। ४ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य मध्ये २ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ मात्रै संकलन गरेको भन्सार कार्यालयको भनाइ छ।
प्रकाशित: १२ कार्तिक २०८० १३:१९ आइतबार