समाज

‘अवैध बाटोबाट पैसा बिदेसिंदा मुलुकमा आर्थिक संकट’

अवैध बाटोबाट पैसा बिदेसिँदा मुलुकमा आर्थिक संकट देखिएको आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले आरोप लगाएका छन्।

देशका उच्च पदस्थ कर्मचारी कमिसनका नाममा पैसा उठाउने, ठूला व्यापारी राजस्व छली गरी पैसा थुपार्ने, नेताहरू पनि कमिसन उठाउने चक्करमा लाग्दा सबैतिरबाट थुप्रिएको पैसा अवैध बाटोबाट विदेश पुर्‍याउने भएकाले देशमा आर्थिक संकट चुलिएको नेता साहको दाबी छ।

देवाही गोनाही नगरपालिकाको टिकुलियामा आयोजित दसैं, दीपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका साहले देशको पुँजी देशमा लगानी हुनुको साटो विदेशमा अवैध बाटोबाट पलायन भएपछि नेपाल कसरी आर्थिक रूपले समृद्ध हुने भनी प्रतिप्रश्न गरेका छन्।

दशैको अवधिमा हरेक दिन औपचारिक कार्यक्रम गरिरहेका नेता साह हरेक वर्ष दसैं तथा छठका अवसरमा आफ्नो मतदाता भएको गाउँमा पुग्ने गर्दछन्।

प्रकाशित: १२ कार्तिक २०८० ०१:३७ आइतबार

मुलुकमा आर्थिक संकट’ अवैध बाटोबाट पैसा बिदेसिंदा