समाज

मौसमले पनि साथ दियो निर्वाचनलाई

काठमाडौ – ३२ जिल्लामा आइतवार भइरहेको निर्वाचनलाई मौसमले पनि साथ दिएको छ । आइतवार विहानसम्मको मौसमको अवस्था सामान्य रहेको छ । देशको उच्च हिमाली क्षेत्रमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्ला हिमपात हुने संभावना रहे पनि अन्य ठाउँमा मौसम  सामान्य छ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनका लागि अतिरिक्त मौसम बुलेटिन जारी गरेको छ । जस अनुसार पूर्वी क्षेत्रका पहा८ी तथा हिमाली भूभागकाे माैसम सफा रहेको छ । 

प्रदेश नं ३ को मौसम भने सामान्य छ । यस प्रदेशको उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना छैन । 

पश्चिम पहाडी क्षेत्रमा तापक्रम थोरै घटे पनि उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना नरहेको मौसम विभागले जनाएको छ । 

प्रकाशित: १० मंसिर २०७४ ०५:१८ आइतबार

मौसमले साथ दियो निर्वाचनलाई