समाज

आठ लाखभन्दा बढीको सामग्री प्रहरीद्वारा बरामद

भारतबाट अवैध रुपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याइएका लाखौँ मूल्यका विभिन्न सामग्री सर्लाही प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ।

एक बोरा र ३७ प्याकेट पटाका, १८ बोरा चिनी, ६ बोरा चामल, एक बोरा सुजी, ८० किलो दाल, ६५ लिटर खानेतेल, २५ किलो सुर्ती, १५० लिटर डिजेल, दुई बोरा चस्मा, स्पोर्ट जुत्ता  तथा चप्पल गरी तिन बोरा, चार कार्टुन रेडबुल, १२२ प्याकेट राजनिवास, दुई बोरा जफारी जर्दासहितविभिन्न किराना सामानहरु सर्लाही प्रहरीले बरामद गरेको छ।

अबैध सामान ढुवानी गर्ने एउटा अटो, मोटरसाइकल सात थान र एक थान साइकल पनि सर्लाही प्रहरीले भन्सार चलान गरेको छ।

चोरी तस्करीमा संलग्न एक जना मानिसलाई पनि सर्लाही प्रहरीले पक्राउ गरी भन्सार कार्यालयलाई आवश्यक कारबाहीको लागि बुझाएको छ।

मलङवा भन्सारलाई बुझाइएको सामानहरुको मूल्य करिब आठ लाख एक सय रुपैया रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपि दिपेन्द्र पंजियार थारुले जानकारी गराएका छन्।

प्रकाशित: १० कार्तिक २०८० १५:२६ शुक्रबार

आठ लाखभन्दा बढीको सामग्री प्रहरीद्वारा बरामद