समाज

कांग्रेसको सभास्थल नजिक बम फेला

चरिकोट- दोलखा सदरमुकाम चरिकोटस्थित घ्यावापानीमा सकेट बम फेला परेको छ। भिमेश्वर-६ को वडाकार्यालय अगाडि बम फेला परेको प्रहरीले जनाएको छ। बम कांग्रेसको चुनाबी सभालाई लक्षित गरेर राखेको हुनसक्ने बताइएको छ।

आज चरिकोटस्थित सात्दोबाटोमा कांग्रेसको जिल्लास्तरीय चुनावी भेला आयोजना हुँदैछ। कार्यक्रममा कांग्रेसका बालकृष्ण खाँड सहभागी हुँदैछन्। सभास्थलबाट बम राखिएको ठाउँ करिब एक किलोमिटर दूरीमा पर्छ।

बम निष्क्रिय पार्न नेपाली सेनाको टोली आउँदै गरेको प्रहरीले जानकारी दियो।

 

प्रकाशित: ७ मंसिर २०७४ ०६:३२ बिहीबार

कांग्रेसको सभास्थल नजिक बम फेला