समाज

ओली सहभागी आमसभा स्थल नजिकै बम बिष्फोट

दाङ – एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी घोराहीको चुनावी आमसभा स्थल नजिकै बम बिष्फोट भएको छ।

आमसभालाई सम्वोधन गरेर ओली बाहिरिएको केहीबेरमा उक्त स्थलको दुईसय मिटरको दूरीमा बम बिष्फोट भएको हो। प्रहरीका अनुसार त्यहाँ सुतली बम बिष्फोट भएको हो।

बम बिष्फोटनबाट कुनै क्षति भने भएको छैन । बम बिष्फोट कसले गराएको भन्ने बारे केही खुल्न सकेको छैन्। बम विस्फोट गराउनेहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: ६ मंसिर २०७४ १२:३७ बुधबार

ओली सहभागी आमसभा स्थल नजिकै बम बिष्फोट