समाज

एउटै नम्बर प्लेटका दुई बाइक फेला

कालिकोटको प्रतिमा चोकमा एउटै नम्बर प्लेटका दुई मोटरसाइकल फेला परेका छन्।

आज एउटै नम्बरको दुई वटा मोटरसाइकल एक ठाउँमा राखिएको अवस्थामा स्थानीयले फेला पारेका थिए।

कालिकोटमा फेला परेका दुवै मोटरसाइकलको नम्बर बागमती प्रदेश ०२०३४ प ३८३० लेखिएको देखिन्छ।सान्नीत्रिवेणी गाउँपालिकाका स्थानीयले चलाउने गरेको प्रहरीले जनाएको छ ।

अहिले ट्राफिक प्रहरीले अनुसन्धान थालेको छ। तत्काल  दुई बाइक  र तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८० ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App