समाज

वडा सदस्यको घरमा भेटिएको बम निष्क्रिय पारियो

नुवाकोट – नुवाकोटको शिवपुरी गाँउपालिका वडा नं. ४ सिक्रेका वडा सदस्य उद्धव थापाको घरमा भेटिएको दुई थान सुतली बम निष्क्रिय पारिएको छ । 

नेपाली काङ्ग्रेसको समर्थक समेत रहेका थापाको घरको आँगनमा राखिएको सुतली बम श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टका अनुसार निर्वाचन बिरोधी गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ताले बम राखेको हुन सक्ने अनुमान गरिएको छ। 

नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी सभालाई बिथोल्न काङ्ग्रेसकै क्रियाशील सदस्यको घरमा नै बम राखिएको हुन सक्ने आशङ्का गरिएको छ । स्थानीय तहको निर्वाचनमा विजेता भएर आएको मान्छेले जिम्मेवारी वहन नगरेको भन्दै भदौ ३१ गते नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ताले दुव्र्यवहार समेत गरेको थियो।

प्रकाशित: ६ मंसिर २०७४ ०८:३६ बुधबार

वडा सदस्यको घरमा भेटिएको बम निष्क्रिय पारियो