समाज

राष्ट्रपति पौडलद्धारा विभिन्न शक्तिपीठको दर्शन

बडादसैँ अन्तर्गत महाअष्टमी पर्वका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् । शक्तिपीठमा दर्शनका क्रममा उनकी  धर्मपत्नी प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन।

राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुगी दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका थिए।

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।सोही परम्पराअनुसार राष्ट्रपति पौडेल आज बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गएका थिए। 

बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो लागेको थियो।त्यसैगरी, राजधानी बाहिरका महत्त्वपूर्ण शक्तिपीठमा पनि आज भगवतीको पूजाअर्चना गरिएको  ।

प्रकाशित: ५ कार्तिक २०८० १३:४२ आइतबार

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन