समाज

जिल्ला निर्वाचन कार्यालय धादिङमा बम फेला

सरिता श्रेष्ठ
धादिङ –  जिल्ला निर्वाचन कार्यालय धादिङमा सकेट बम फेला परेको छ। 

बम निर्वाचन कार्यालयको गेटमा झोलामा राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिएको छ। 

बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतपेटीका गाउँ गाउँका मतदान स्थलमा लैजाने क्रममा सेनाले बम फेला पारेको हो।

निर्वाचनका समयमा हुन सक्ने घटनालाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय धादिङले सुरक्षा व्यवस्थामा कडाई गरेको छ । उत्तरी क्षेत्र र राजमार्ग क्षेत्रमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाली प्रहरी, म्यादी प्रहरी खटाइएको छ। 

प्रकाशित: ३ मंसिर २०७४ ०७:३४ आइतबार

जिल्ला निर्वाचन कार्यालय धादिङमा बम फेला