समाज

मलाह समुदायको पेसा सङ्कटमा

माछा मारेर जीविकोपार्जन गर्दै आएका सुनसरीका मलाह (गुडी) समुदायको पेसा सङ्कटमा पर्न थालेको छ। जिल्लाको ठूलादेखि साना जलाशयमा माछा पालन हुन  थालेपछि छाडेपछि मलाह समुदायको पेसा सङ्कटमा पर्न थालेको हो।

ती समुदायका मानिसहरू सप्तकोशी नदीसँगै विभिन्न नदी तथा खोला र जलाशयमा माछा मारेर छाक टार्दै आएका थिए। सुनसरी कोसी-३ का गुलाबी मुखियाले खोलामा माछा पाउन छाडेपछि पेसा थप सङ्कटमा पर्न थालेको बताए।

वर्षभरि नै नदी, खोला र विभिन्न जलाशयमा माछा मारेर जीविकोपार्जन गर्दै आएकामा पछिल्लो समय सप्तकोसी नदीसँगै विभिन्न खोला तथा जलाशयमा माछा नपाउँदा हातमुख जोड्न कठिनाइ आएको उनको भनाइ छ।

माछा मारेर पाँचदेखि १० जनासम्मको परिवार चलाउँदै आएका मलाह समुदायका मानिसले अहिले आएर माछा पाउन मुस्किल हुने गरेकाले थप समस्या हुने गरेको रामजी मलाहले बताए।

पहिले बेलौलना (काटी), चेचरा, कुस्राह, राजबाम, ढले, सिंही, मुङ्गरी, गरै लगायतका विभिन्न जातका माछा पाउँदै आएकामा अहिले आकलझुकल मात्र पाउने गरेका कारणले थप समस्या हुने गरेको मलाह सञ्जालका अध्यक्ष समेत रहेको गुलाबी मुखियाको भनाइ छ।

प्रकाशित: ५ कार्तिक २०८० ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App