समाज

इजरायलबाट ल्याइएका शव आजै धनगढी लगिने

इजरायलबाट ल्याइएका नेपालीका शव आजै कैलालीको धनगढी लगिने भएको छ।

आइतबार बिहान तीन नेपालीको शव स्वदेश ल्याइएको छ भने आजै दिउँसो १ बजे एक शव ल्याइनेछ।

आज दिउँसो १ बजे एउटा शव आएसंगै चारवटै शव अपराह्न दुई बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

इजरायलस्थित नेपाली राजदूतावासले पहिलो चरणमा चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको जनाएको छ। अन्य ६ जना नेपालीको शव भने पहिचान गर्ने र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने दूतावासले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०८० ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App