समाज

विवादको बाबजुत एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

विवादसंगै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ। 

कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो। यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन।  

त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो।  

प्रकाशित: ४ कार्तिक २०८० १६:०६ शनिबार

विवादको बाबजुत एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार