समाज

दशैँ मनाउन गाउँ फर्किनेको लर्को (तस्बिरहरु)

नेपालीहरुको महान चाड बडा दशैँ मनाउन घर फर्किनेहरुको लर्को लागेको छ।

शनिवार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरुमा घर जानेहरुको लर्को देख्न सकिन्छ। 

काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकी लगायतका क्षेत्रमा घर जानेहरु आफ्ना सरसामान बोकेर उभिरहेको देख्न सकिन्छ।

दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन्। हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्दछ।

प्रकाशित: ४ कार्तिक २०८० ०३:१४ शनिबार

दशैँ