समाज

भीरबाट लडेर अामा छाेराकाे मृत्यु

जाजरकोट – जुम्लाबाट जाजरकोट वारेकोट गाउँपालिका वडा नम्बर ३ स्थित घर फर्कदा लडेर आमाछोरोको बिहीबार मृत्यु भएको छ । जुम्लाको टोप्लाबाट वारेकोट गाउँपालिका वडा नं ३ पारामुलसाम फर्कने क्रममा ३५ वर्षीय आमा पशुपति शाही र उनका ११ वर्षीय छोरा दीपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

जुम्ला जान र आउन मुलसामको लेक प्रयोग गरिन्छ । बिहान र बेलुका मात्र यो बाटो हिँड्ने गरिन्छ भने दिउँसो हावाहुरीले हिँड्न मिल्दैन् । लेकमा बाटो निर्माण नहुँदा वर्षेनी  अकाल मानिसको ज्यान जाने गरेका छ ।

 

 

प्रकाशित: ३० कार्तिक २०७४ १०:२६ बिहीबार

भीरबाट लडेर अामा छाेराकाे मृत्यु