समाज

गाजास्थित एक अस्पतालमा भएको आक्रमणबाट स्तब्ध छौं: परराष्ट्र मन्त्रालय

नेपाल सरकारले गाजाको एक अस्पतालमा भएको आक्रमणले स्तब्ध बनाएको बताएको छ।

बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार गाजाको एक अस्पतालमा भएको आक्रमणले स्तब्ध बनाएको बताएको छ।

त्यस्तै अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको आक्रमणमाथि पनि नेपालले निन्दा गरेको छ।  

'गाजाको एक अस्पतालमा हिजो निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार गहिरो स्तब्ध भएको छ। अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं',परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नागरिकहरू विरुद्धको आक्रमणको बारेमा नेपाल गम्भीर रूपमा चिन्तित भएको पनि बताएको छ। सबै परिस्थितिमा नागरिक जनताको सुरक्षाको लागि नेपालले आह्वान गरेको छ।

त्यस्तै शान्तिमा विश्वास गर्दै विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह पनि नेपालले आग्रह गरेको छ। 

प्रकाशित: २ कार्तिक २०८० १२:१२ बिहीबार

परराष्ट्र मन्त्रालय गाजाको एक अस्पतालमा भएको आक्रमण