समाज

युएन पार्कमा प्रहरी कुट्ने दुई जना पक्राउ

काठमाडौं—ललितपुरस्थित बागमती किनारको युएन पार्कमा सवारी साधन चेकजाँचका क्रममा प्रहरी कुट्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ च्यासल बस्ने ५२ बर्षीय प्रेम महर्जन र सोही स्थान बस्ने ३१ बर्षीय उमेश महर्जन छन्।

प्रहरी टोलीले बा.२ च ५९०८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुले महानगरीय प्रहरी प्रभाग पाटनढोकामा कार्यरत प्रहरी हवल्दार विनायक लाल यादवलाई कुटपिट गरेका थिए।

प्रकाशित: ३० कार्तिक २०७४ ०८:४६ बिहीबार

युएन पार्कमा प्रहरी कुट्ने दुई जना पक्राउ