समाज

नर्भिक कलेजबाट १ लाख ८५ हजार चोर्ने पक्राउ

काठमाडौं—काठमाडौं महानगरपालिका–१ हात्तीसारस्थित नर्भिक विजनेस कलेजबाट नगद चोरी गर्ने एक जालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। कलेजबाट १ लाख ८५ हजार रुपैयाँ चोरी गरेको काठमाडौं कीर्तिपुर बस्ने जुम्लाको चन्दननाथ नगरपालिका–८ का १८ वर्षीय हिक्मत रोकायालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

कलेजको काउन्सिलिङ कोठाको टेबल घर्रामा राखेको उक्त नगद ढोका फोडेर गएराति उनले चोरी गरेका थिए। अनुसन्धानमा खटिएको प्रहरीले सोही कलेजमा केही दिन अगाडि काम गरी छोडी गएका निज रोकायालाई कलेजको सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो।

प्रकाशित: २९ कार्तिक २०७४ १२:१४ बुधबार

#अपराध #नर्भिक #कलेज