समाज

पाटन औद्योगिक क्षेत्रमा भिषण आगलागी

पाटन अाैद्योगिक क्षेत्रमा भएको अागलागी। तस्विरः नागरिकन्युज

काठमाडौं—पाटन औद्योगिक क्षेत्रमा मंगलबार साँझ भिषण आगलागी भएको छ। औद्योगिक क्षेत्रको आनन्द प्लास्टिक उद्योगमा अागलागी भएको हो। मंगलबार साँझ ६:३० बजेतिर अागलगाी सुरु भएको प्रहरीले जनाएको छ। के कारणले अालगी भएको भनेर खुल्न सकेको छैन।

अागो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका दमकल प्रयोग भइरहेकाे घटनास्थलमा रहेका प्रहरी इन्स्पेक्टर द्वारिका ढुंगेलले नागरिकन्युजलाई बताए। अागो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले प्रयास गरिरहेको छ।

'अागलागीबाट बँचेका सामानहरुलाई हामी बाहिर निकाल्दैछौं। के कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन', उनले भने।

पाटन औद्योगिक क्षेत्रमा भिषण आगलागी