समाज

पेस्तोलसहित २ पक्राउ

प्रहरीले बरामद गरेको पेस्तोल

कार्तिक – मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा रोल्पा प्रहरीले घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसोे एक थान घरेलु हतियार पेस्तोलसहित रोल्पा सदरमुकाम हँुदै काठमाडौँ जाँदै गरेको बा४ख २६०८ नं को बसमा चढेका माडी गाउँपालिका ३ तालाबाङका श्यामबहादुर घर्तीमगर र रामसिंह घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई रोल्पा नगरपालिका ३ सातदोबाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए । उनका अनुसार कालो रङको झोलामा लुकाइराखेको १५ इन्च लामो नलकटुवा पेस्तोल बरामद गरिएको थियो । उनीहरूलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पन्थी नेतृत्वकै प्रहरी टोलीले ती युवालाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार पक्राउ पर्नुअघि ती युवाहरू नेकपाका नेतासँग सम्पर्कमा रहेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । हतियारसहित पक्राउ गरिएका युवा नेकपासँग आवद्ध भएको प्रहरीको अनुमान छ। प्रहरीले ती युवाविरुद्ध हात हतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाउने योजना बनाएको स्थानीय प्रशासनले जनाएको छ।

 

प्रकाशित: २५ कार्तिक २०७४ ०४:०२ शनिबार

पेस्तोलसहित पक्राउ